नियम ४५
कबुलियती वनमा गर्न नहुने काम
(१) कबुलियती वनमा देहायको कुनै कार्य गर्न वा गराउन हुदैनः–
(क) कबुलियती वनले चर्चेको जग्गा बिक्री गर्न, धितो राख्न वा कुनै किसिमले हक हस्तान्तरण गर्न,
(ख) कार्य योजनाले गर्न हुने भनी तोके बाहेकका अन्य कार्य गर्न ।
(२) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि कबुलियती वनको विकासको लागि आफूले लगाई हुर्काएको वन पैदावार धितो बन्धक राखी वित्तिय संस्थाबाट ऋण प्राप्त गर्न यस नियमले बाधा पुर्याएको मानिने छैन ।